The History of Insurance
बीमाको ऐतिहासिक पृष्ठभूमि

English Version
The concept of insurance is rooted in human cooperation. Ancient civilizations practiced rudimentary forms of risk-pooling, but modern insurance as we know it emerged in the late 17th century in London. Merchants gathering at Edward Lloyd’s Coffee House would agree to share the financial risks of sea voyages. If a ship was lost at sea, the pool of money would compensate the owner, preventing total financial ruin.
The Journey to Nepal In Nepal, the formal insurance sector has a more recent history. It began to institutionalize in 2025 BS (1968 AD) with the establishment of Rastriya Beema Sansthan, a government-owned entity. Prior to this, Nepalese citizens relied entirely on informal community-based systems like the 'Guthi' or had to purchase policies from foreign (mostly Indian) insurers.
Following the economic liberalization in the 1990s, the Nepalese government opened the sector to private companies and foreign joint ventures. Today, the landscape is regulated by the Nepal Insurance Authority (formerly Beema Samiti), ensuring that millions of Nepalese have access to secure, reliable, and diverse insurance products to protect their health, life, and property.
नेपाली संस्करण
बीमाको अवधारणा मानव सहकार्यमा आधारित छ। प्राचीन सभ्यताहरूमा पनि सामूहिक रूपमा जोखिम बाँड्ने चलन थियो, तर हामीले चिनेको आधुनिक बीमाको सुरुवात १७ औं शताब्दीको अन्त्यतिर लण्डनबाट भएको हो। एडवर्ड लोयडको कफी हाउसमा भेला हुने व्यापारीहरूले समुद्री यात्राहरूको जोखिम बाँडफाँड गर्ने सहमति गर्थे। यदि कुनै जहाज डुबेमा, सबैले उठाएको रकमबाट त्यो व्यापारीलाई क्षतिपूर्ति दिइन्थ्यो।
नेपालमा बीमाको यात्रा नेपालमा औपचारिक रूपमा बीमाको इतिहास अलि नयाँ छ। वि.सं. २०२५ (सन् १९६८) मा सरकारी स्वामित्वमा 'राष्ट्रिय बीमा संस्थान' को स्थापना भएपछि मात्र नेपालमा संस्थागत रूपमा बीमा सेवा सुरु भएको हो। त्यसअघि नेपालीहरू गुठी जस्ता परम्परागत प्रणालीमा भर पर्थे वा विदेशी (मुख्यगरी भारतीय) कम्पनीहरूबाट बीमा गर्थे।
२०५० को दशकमा भएको आर्थिक उदारीकरणपछि, नेपाल सरकारले निजी कम्पनी र विदेशी संयुक्त लगानीका लागि बीमा क्षेत्र खुला गर्यो। आज यो क्षेत्रलाई 'नेपाल बीमा प्राधिकरण' (पहिले बीमा समिति) ले नियमन गर्दछ, जसले गर्दा लाखौं नेपालीहरूले आफ्नो जीवन, स्वास्थ्य र सम्पत्तिको सुरक्षाका लागि भरपर्दो बीमा सेवा पाइरहेका छन्।