Insurance Knowledge Hub & Glossary
बीमा ज्ञान केन्द्र तथा शब्दावली
Welcome to the InsuNepal Glossary. Clarify complex policy terms, understand what life insurance is, and find definitions for everything in simple terms.
Browse Glossary Terms
Search for common terms used by life insurance companies in Nepal (e.g. Sum Assured, Bonus Rates, Surrender Value).
Policy Types (बीमाका प्रकारहरू)
Endowment Policy
सावधिक जीवन बीमा
A life insurance policy designed to pay a lump sum after a specific term or on death.
एक निश्चित अवधि पूरा भएपछि वा मृत्यु भएमा एकमुष्ट रकम भुक्तानी गर्ने बीमा योजना।
Money Back / Anticipated Endowment
अग्रिम भुक्तानी (फिर्ता) जीवन बीमा
An endowment plan where the insured receives a percentage of the sum assured at regular intervals.
बीमा अवधिभर निश्चित अन्तरालमा बीमाङ्क रकमको केही प्रतिशत रकम फिर्ता पाइने योजना।
Whole Life Policy
आजीवन जीवन बीमा
An insurance policy that remains in force for the insured's entire lifetime.
बीमितको आजीवन (सामान्यतया ९९ वा १०० वर्षसम्म) जोखिम वहन गर्ने बीमा।
Child Endowment
बालबच्चा जीवन बीमा
A policy designed to build a corpus for a child's future milestones.
बालबालिकाको भविष्यको शिक्षा वा विवाहको लागि बचत गर्न बनाइएको बीमा योजना।
3PP (Three Payment Plan)
त्रिवर्षीय भुक्तानी योजना
A Money Back policy where the sum assured is returned in three specific installments.
बीमाङ्क रकमलाई बीमा अवधिभित्र तीनवटा किस्तामा भुक्तानी गरिने योजना।
Term Insurance
म्यादी जीवन बीमा
Provides coverage for a limited period. If you survive, there is no payout.
निश्चित अवधिको लागि मात्र जोखिम सुरक्षण हुने सस्तो बीमा। जीवित रहेमा प्रतिफल पाइँदैन।
ULIP (Unit Linked Insurance Plan)
युनिड लिंक्ड इन्स्योरेन्स प्लान
A policy that combines life insurance with market-linked investment.
बीमा र शेयर बजार/म्युचुअल फण्डको लगानी दुवै हुने योजना।
Key Terms & Abbreviations (मुख्य शब्दावलीहरू)
Bonus Rate
बोनस दर
Profit distributed by the insurance company to policyholders per Rs. 1,000 of Sum Assured.
बीमा कम्पनीले नाफा कमाए वापत बीमितलाई प्रति हजार बीमाङ्कमा दिने प्रतिफल।
Sum Assured
बीमाङ्क रकम
The guaranteed minimum amount the insurance company agrees to pay, excluding bonuses.
बीमा गर्दा सम्झौता गरिएको मूल रकम, जुन मृत्यु वा अवधि समाप्त हुँदा बोनस बाहेक ग्यारेन्टीका साथ पाइन्छ।
Premium
बीमा शुल्क (प्रिमियम)
The amount you pay to the insurance company to keep the policy active.
बीमालेख सक्रिय राख्नको लागि बीमितले बीमा कम्पनीलाई तिर्ने रकम।
Maturity Benefit
परिपक्वता लाभ
The total amount paid by the company when the policy term ends (matures).
बीमाको अवधि समाप्त भएपछि बीमितले प्राप्त गर्ने कुल रकम।
Death Benefit
मृत्यु लाभ
The amount paid to the nominee if the insured person passes away during the term.
बीमा अवधिभित्र बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिले प्राप्त गर्ने रकम।
Surrender Value
समर्पण मूल्य
The amount the policyholder gets if they terminate the policy before its maturity.
अवधि पूरा हुनु अगावै बीमा रद्द गर्न चाहेमा बीमा कम्पनीले फिर्ता गर्ने रकम।
Nominee / Beneficiary
इच्छाइएको व्यक्ति
The person designated to receive the Death Benefit in the event of the insured's death.
बीमितको मृत्यु भएमा बीमा रकम प्राप्त गर्नको लागि तोकेको व्यक्ति।