⚠️ This website is currently in Beta phase and is not fully ready for production use.यो वेबसाइट हाल बेटा (परीक्षण) चरणमा छ र पूर्ण रूपमा तयार छैन।
arrow_backBack to Articles
Guide / जानकारी

What is Life Insurance?

जीवन बीमा के हो?

What is Life Insurance?

English Version

Life insurance is a legally binding contract between you and an insurance company. In exchange for your regular premium payments, the insurer guarantees a specific sum of money to your named beneficiaries if you pass away during the policy term. It provides the ultimate peace of mind, ensuring that your loved ones will not suffer financially in your absence.

In Nepal, life insurance often goes beyond just a death benefit. The most popular plans, like Endowment and Money Back policies, combine this risk protection with a structured savings component. This means if you survive the policy term, you will receive a maturity benefit—often consisting of the sum you were insured for plus an accumulated bonus declared yearly by the company.

Why do you need it?

  • Income Replacement: It replaces the income you would have provided to your family.
  • Debt Clearance: It ensures your family won't have to sell assets to pay off loans you leave behind.
  • Future Goals: It acts as a forced savings plan for long-term goals like buying a house or funding your child's education.

नेपाली संस्करण

जीवन बीमा तपाईँ र बीमा कम्पनी बीचको कानुनी सम्झौता हो। तपाईँले तिर्ने नियमित प्रिमियमको बदलामा, यदि बीमा अवधिभित्र तपाईँको निधन भएमा, कम्पनीले तपाईँले इच्छाइएको व्यक्तिलाई एकमुष्ट रकम प्रदान गर्ने ग्यारेन्टी गर्छ। यसले तपाईँको अनुपस्थितिमा पनि परिवारले आर्थिक संकट भोग्नु नपर्ने कुरा सुनिश्चित गर्छ।

नेपालमा जीवन बीमा भनेको मृत्युपछि पाइने रकम मात्र होइन। यहाँ सबैभन्दा लोकप्रिय सावधिक (Endowment) र अग्रिम भुक्तानी (Money Back) योजनाहरू हुन्, जसमा जोखिम सुरक्षणका साथसाथै बचतको पनि सुविधा हुन्छ। यसको मतलब, यदि तपाईँले बीमा अवधि पूरा गर्नुभयो भने, तपाईँ आफैले परिपक्वता लाभ (बीमाङ्क रकम + कम्पनीले हरेक वर्ष घोषणा गरेको बोनस) प्राप्त गर्नुहुनेछ।

तपाईँलाई किन चाहिन्छ?

  • आम्दानीको निरन्तरता: तपाईँको अनुपस्थितिमा परिवारलाई चाहिने नियमित खर्च धान्न।
  • ऋण तिर्न: तपाईँले लियाको घर वा गाडीको ऋण परिवारले सम्पत्ति बेचेर तिर्नु नपरोस् भन्नका लागि।
  • भविष्यका लक्ष्य: बालबालिकाको उच्च शिक्षा वा विवाह जस्ता दीर्घकालीन योजनाहरू पूरा गर्न एक सुरक्षित बचतको रूपमा।